कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिने « Khabarhub

कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिने


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घनारायण पौडेलले सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि जिल्ला सिल गर्ने निर्णय भएको खबरहबलाई जानकारी दिए ।

‘भाइरस (कोरोना भाइरस)को संक्रमण फैलिन नपाओस् भनेर हामीले सम्पूर्ण जिल्ला सिल गर्ने निर्णय गरेका हौं,’ सीडीओ पौडेलले खबरहबसँग भने, ‘अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । सर्वसाधारणलाई पनि घर बाहिन ननिस्किन भनिएको छ ।’

सीडीओ पौडेलले औषधि, खाद्यान्न, तरकारी तथा फलफूल, पशुको दाना बोक्ने तथा एम्बुलेन्स र शव वाहानजस्ता सवारी साधनमात्रै चल्न दिइने जानकारी दिए । अन्य प्रकारका सवारी साधनहरु चलाएको पाइए नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने उनको भनाइ छ ।

यस्तै, सर्वसाधारणले अत्यावश्यक कामका लागि घर बाहिर निस्किनु परे नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर (१००)मा फोन गरेर बाहिर निस्किनका लागि अनुमति लिन सक्नेछन् । अनुमति नलिइ बाहिर निस्किएको पाइए सर्वसाधारणलाई पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने पौडेलले जानकारी दिए ।

कपिलवस्तुमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सीडीओ पौडेलले हाल कोरोना भाइरसको संक्रमण दखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : २८ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले