बर्दियामा आरडीटी किटको समेत अभाव हुँदा कोरोना परीक्षण प्रभावित | Khabarhub Khabarhub

बर्दियामा आरडीटी किटको समेत अभाव हुँदा कोरोना परीक्षण प्रभावित


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरिया– बर्दियामा किटको अभाव हुँदा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण प्रभावित भएको हो ।

र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भिटिएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।

स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ), थर्मल गन, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी चौधरीले आरडिटी विधिबाट परीक्षण गरिएका दुई हजार ८६६ र पिसिआर विधिबाट परीक्षण गरिएका ४१७ गरी कुल तीन हजार ७० मध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

मधुवन नगरपालिकाको क्वारेन्टाइनमा ३२८, गुलरिया नगरपालिकामा २११, बाँसगढीमा १९, बारबर्दिया सामुदायिक क्वारेन्टाइनमा २१६, ठाकुरबाबामा १६, राजापुरमा ८९, गेरुवा गाउँपालिकामा ५८ र बढैयातालमा सात जनालाई राखिएको छ ।

जिल्लाका क्वारेन्टाइनमा ९४२ जना छन् भने बर्दिया अस्पतालको आइसोलेशनमा दुई बिरामी भर्ना भएका छन् । प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नआएको सूचना अधिकारी चौधरीले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ३५ बजे

संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेले संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा मंगलबार प्रदर्शन गरेको

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता

ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास

ओखलढुङ्गा-ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय