जेठ १ गतेदेखि ४ अर्ब रुपैयाँको बचत पत्र बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

जेठ १ गतेदेखि ४ अर्ब रुपैयाँको बचत पत्र बिक्री गर्दै राष्ट्र बैंक


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४ अर्ब बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत व्याज दिने गरी आगामी जेठ १ गतेदेखि बचतपत्र बिक्री गर्न लागेको हो ।

व्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी ६–६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । आगामी जेठ १ देखि २१ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी जेठ २५ गतेका लागि तोकिएको छ ।

बैंकले २०८२ जेठ २५ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ०० बजे

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका