कोरोना परीक्षणका लागि १ लाख थान आरटीडी किट आइपुग्यो « Khabarhub

कोरोना परीक्षणका लागि १ लाख थान आरटीडी किट आइपुग्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको १ लाख थान आरटीडी किट आज (सोमबार) काठमाडौं आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो ।

स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिलाई जिम्मा दिएको थियो । यही वैशाख १८ गते सामान आयातका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो ।

उक्त किट आयातका लागि यही वैशाख १७ गते सम्झौता भएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना परीक्षणका लागि आवश्यक किट आइपुगेको जानकारी दिएका राष्ट्रिय समाचार समितिले समाचारमा उल्लेख गरेको छ ।

श्रेष्ठले रासससँग भनेका छन्, ‘सामान आइपुगेको छ, भन्सार लगायतका प्रक्रिया पूरा गर्न आज नभ्याएका कारण मंगलबार सो कार्य सम्पन्न गरी आवश्यक स्थानमा पु¥याइनेछ ।’

सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको हो । प्राप्त विवरणअनुसार ती किट प्रति थान रु ५६५ मा ल्याइएको हो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले आयात गरिएको हो । रासस

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : १२ बजे

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर