नेविसंघद्वारा पोखरामा ओली र मोदीको पुत्ला दहन | Khabarhub Khabarhub

नेविसंघद्वारा पोखरामा ओली र मोदीको पुत्ला दहन


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- भारतद्वारा सीमा अतिक्रमणको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय समकक्षी नरेन्द्रमोदीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुत्ला जलाएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको लिपुलेक, कालापानी र लिम्पियाधुरा तत्काल फिर्ता ल्याउनुपर्ने माग राख्दै नेविसंघले पुत्ला दहन गरेको हो ।

पोखरा २७ तालचोकमा नेविसंघले पुत्ला जलाएको नेविसंघका पूर्व कास्की जिल्ला सह—सचिव राजिव भण्डारीले जानकारी दिए । उनीहरुले भारतीय अतिक्रमणमा परेको भुमी तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै चर्को नाराबाजी गरेका थिए ।

भारतले नक्कली नक्सा बनाएर नेपाली भूमी हुँदै तिब्बतको मानसरोबर जोड्ने बाटो बनाएपछि देशका विभिन्न स्थानमा केहीदिन यता प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ३० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय