नेविसंघद्वारा पोखरामा ओली र मोदीको पुत्ला दहन « Khabarhub

नेविसंघद्वारा पोखरामा ओली र मोदीको पुत्ला दहन


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- भारतद्वारा सीमा अतिक्रमणको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय समकक्षी नरेन्द्रमोदीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुत्ला जलाएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको लिपुलेक, कालापानी र लिम्पियाधुरा तत्काल फिर्ता ल्याउनुपर्ने माग राख्दै नेविसंघले पुत्ला दहन गरेको हो ।

पोखरा २७ तालचोकमा नेविसंघले पुत्ला जलाएको नेविसंघका पूर्व कास्की जिल्ला सह—सचिव राजिव भण्डारीले जानकारी दिए । उनीहरुले भारतीय अतिक्रमणमा परेको भुमी तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै चर्को नाराबाजी गरेका थिए ।

भारतले नक्कली नक्सा बनाएर नेपाली भूमी हुँदै तिब्बतको मानसरोबर जोड्ने बाटो बनाएपछि देशका विभिन्न स्थानमा केहीदिन यता प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ३० बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको