भारत र चिनियाँ हस्तक्षेपविरुद्ध नेविसंघले निकाल्यो मसाल जुलुस « Khabarhub

भारत र चिनियाँ हस्तक्षेपविरुद्ध नेविसंघले निकाल्यो मसाल जुलुस


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली विद्यार्थी संघ (नेविसंघ)ले भारत र चीनकाे बढ्दाे हस्तक्षेपको विरोध गर्दै काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

सीमा अतिक्रमणको विरोधमा पक्राउ परेका नेविसंघका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधनीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको हो ।

नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको हो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा ,वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली ,खड्गबहादुर थापा,कृष्ण अधिकारी ,रामशरण अधिकारी ,टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ४१ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग