प्रदेशमा ५ मा मात्रै कोरोना संक्रमितको संख्या ५३ पुग्यो « Khabarhub

प्रदेशमा ५ मा मात्रै कोरोना संक्रमितको संख्या ५३ पुग्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश ५ मा मात्र कोरोना भाइरस संक्रमितको संख्या ५३ पुगेको छ । कपिलवस्तुमा आज मात्र थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५३ पुगेको हो ।

आज नै बर्दियामा पहिलो पटक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ का जिल्लामा कोरोनाको संक्रमण घटना बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ ।

नेपालमा हालसम्म १ सय ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा प्रदेश-५ का मात्रै ५३ जना छन् । जिल्लामध्ये हालसम्म रुपन्देहीमा ७, कपिलवस्तुमा २१, बाँकेमा २४ र बर्दियामा १ जना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमतीमा ७ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ३६ बजे

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र