बागलुङका चार जना कोरोना संक्रमणबाट मुक्त | Khabarhub Khabarhub

बागलुङका चार जना कोरोना संक्रमणबाट मुक्त


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन् ।

गत १४ गते संक्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक कोरोनामुक्त भएका हुन् ।

पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।

‘चारै जना स्वस्थ हुनुहुन्छ, आइसोलेसनमा रहँदा कुनै लक्षण पनि देखिएन’, उनले भने । एकैसाथ सङ्क्रमण देखिएका तमानखोलाकै दुई युवकको भने पछिल्लो परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि अस्पतालको बसाइ लम्बिएको छ ।

लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ । निको भई घर फर्केपछि पनि केही समय अलग्गै बस्न र सावधानी अपनाउन भनिएको प्रमुख चिकित्सक पोखरेलले बताए ।

योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको संख्या छ पुगेको छ । यसअघि गत चैतमा संक्रमित बागलुङ नगरपालिकाका दुई महिला कोरोनामुक्त भइसकेका छन् ।

जिल्लामा हालसम्म भेटिएका कूल ४० संक्रमितमध्ये अब ३४ जनामा मात्र कोरोना भाइरसको संक्रमण छ ।

उनीहरुमध्ये १३ धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा छन् भने बाँकी धवलागिरि बहुमुखी क्याम्पस र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘प्रिआइसोलेसन’मा छन् ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : ०१ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको