कालीकोट दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुल्यो « Khabarhub

कालीकोट दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुल्यो


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कालीकोटमा भएको टिपर दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेको छ ।

घटनास्थलमै मुत्यु हुनेमा रास्कोट २ की २३ वर्षीया शर्मिला सार्की र २१ वर्षीया थुम्की सार्की छन् भने रास्कोट नगरपालिका-२ की २० वर्षीया निस्पता सार्कीको काठमाडौंको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

नरहरिनाथ-१, कर्णाली नदीको तिरमा पर्ने लालीघाटमा बुधबार बिहान टिपर दुर्घटना हुँदा टिपरमा सवार ३९ जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ८ जनामध्ये २ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएकोमा निस्पता सार्कीको मृत्यु भएको र अर्का घाइते २८ वर्षीय मिन सार्कीको उपचार भइरहेको छ ।

अन्य घाइतेहरु ३५ वर्षका प्रजे सार्की, ३५ वर्षीया अनिता सार्की, १८ वर्षीय विवेक सार्की, १४ वर्षका अशोक परियार, १८ वर्षका गोविन्द सार्की र ३ महिने एक शिशुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । टिपर कर्णाली करिडोर सडकबाट झण्डै ३० मिटर तल नदीमा खसेको थियो ।

दुर्घटनामा रास्कोट-२ कै ३१ वर्षीया मन्ना कुमाल र २ वर्षीया बालिका काली सार्की बेपत्ता छन् । घर फर्केका १३ महिला र २६ पुरुषलाई क्वरेन्टिनमा राख्न रास्कोट नगरपालिकाको ना ८ ख ५१३३ नम्बरको टिपरमा लैजाने क्रममा टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ११ : ०२ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको