जनस्वास्थ्यविज्ञको सुझाव– संक्रमण दर बढ्दैछ, लकडाउन खुकुलो बन्दा थप सचेत बनौं | Khabarhub Khabarhub

जनस्वास्थ्यविज्ञको सुझाव– संक्रमण दर बढ्दैछ, लकडाउन खुकुलो बन्दा थप सचेत बनौं


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले लकडाउनलाई क्रमश: खुकुलो बनाउने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद निर्णयसँगै लकडाउन केहि खुकुलो भएको छ । सरकारको निर्णयसँगै आज (बिहीबार)बाटै काठमाडौंका सडकमा सवारीको चाप बढेको छ ।

सवारीसँगै भिडभाड पनि देखिन थालेको छ । सरकारले असार १ गतेदेखि लागू हुनेगरी तीन चरणको लकडाउन मोडालिटी बनाउँदै लकडाउन खुकुलो पार्दै जाने तयारी समेत गरेको छ ।

सरकारले गरेको निर्णय अनुसार पहिलो २१ दिनमा स्वास्थ्य क्षेत्र, ढुवानी, विकास निर्माणसँग सम्बिन्धत संघसंस्था तथा व्यवसाय, बैंक तथा वित्तीय क्षेत्र, कृषि क्षेत्र उत्पादनशील उद्योगहरु, पुस्तक तथा स्टेसनरी, होट तथा रेष्टुरेण्ट, सरकारी, गैर सरकारी तथा निजी क्षेत्र, सबै प्रकारका ढुवानी सेवा खुल्ला गर्ने योजनामा सरकार छ ।

लकडाउन खुकुलो भएसँगै श्रम क्षेत्र, पसल तथा बजार र सडकमा मानिसहरुको चहलपहल बढ्ने देखिन्छ । लकडाउनले जनजीवन प्रभावित बन्यो भन्दै सरकारले लकडाउन खुलुको बनाउने निर्णय गरेपनि नेपालमा कोरोना संक्रमणको दर भने घटेको छैन् । तुलनात्मक रुपमा बढेको छ ।

भारतीय सीमा क्षेत्रबाट नेपाल आएका र क्वारेन्टाइनमा रहेकामा कोरोना संक्रमणको दर बढ्दै गएको देखिन्छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमणको दर अझै बढ्नसक्ने विज्ञहरुको अनुमान छ ।

लकडाउन खुकुलो बन्दै गर्दा नेपालमा कोरोना संक्रमणको दर पनि बढ्न सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रतिकार्यका लागि अझै धेरै पूर्वतयारी गर्नुपर्ने विज्ञहरुले सुझाएका छन्।

जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दीक्षितले अहिलेको अवस्थामा लकडाउन खुकुलो बनाउनु उपयुक्त भएको बताएका छन् ।

डा दीक्षितका अनुसार नेपाल जस्तो देशमा कोरोना संक्रमणभन्दा लकडाउन ठूलो समस्या बनिसकेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणभन्दा लकडाउनले मानिसको मृत्युदर बढेको उनले बताए । मानिसको अकाल मृत्युदर घटाउन र स्वास्थ्य सेवा तथा बाँच्न पाउने अधिकार सुनश्चित गर्न पनि लकडाउन खोल्नुको विकल्प नभएको डा दीक्षितको तर्क छ ।

‘झण्डै ९ हप्ता लकडाउन हुँदा कोरोना संक्रमणभन्दा पनि अन्य रोग र मानिसक तनावले धेरै मानिसको मृत्यु भइहेको छ,’ डा दीक्षितले भने, ‘अहिलेसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । तर कलडाउनको समयमा भएका आत्महत्या, क्षयरोगलगायतका दीर्घरोगबाट झण्डै दुई हजार पाँच सय मानिसले ज्यान गुमाएका छन् । समयमा स्वास्थ्य सेवा नपाउँदा मातृ मृत्युदर, नसर्ने रोगहरुबाट हुने मृत्युदर बढेको छ । त्यसैले अब लकडाउन सकेसम्म खुकुलो बनाउनुपर्ने देखिएको हो ।’

सरकारले लकडाउन खुकुलो बनाउने नीति लिनु उपयुक्त भएको डा दीक्षितले बताए । उनले भने, ‘सरकारले पहिला नै यो विषयमा सोच्नुपर्ने थियो । तर, अहिले आएर बल्ल सोच्न थालेको छ । लकडाउन खुकुलो बनाउने कुरा राम्रो छ । त्यसले दीर्घरोगी र अकाल मृत्युदर कम हुनेछ ।’

लकडाउनबाट मानिसको दैनिकी सहज हुने भएपनि कोरोना संक्रमणको दर भने बढ्ने भएकाले स्वास्थ्य मन्त्रालय र नागरिक स्वयं अझै सचेत हुनुपर्ने उनको सुझाव छ ।

लकडाउन खुकुलो बनाएपनि सरकारले कोरोना परीक्षणको दायरा अझै बढाउनुपर्ने उनले बताए। यस्तै वृद्धवृद्धा तथा दीर्घरोगीमा जटिल समस्या देखिनसक्ने भएकाले स्वास्थ्य मन्त्रालयले उनीहरुलाई लक्षित गरी आइसियु तथा भेन्टिलेटरको क्षमता बढाउनु पर्ने सुझाव दिए ।

‘कोरोना संक्रमणलाई हामीले रोक्न सक्दैनौं, त्यसैले लकडाउन खुकुलो पारे पनि राज्यले पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ । जसले गर्दा संक्रमण रोक्न नसकेपनि संक्रमित छुट्याएर सर्ने जोखिम रोक्न सकिन्छ,’ डा दीक्षितले भने, ‘कोरोना संक्रमण अझै बढ्न सक्छ, त्यसैले बुढाबुढी, दीर्घरोगीलगायतका जोखिम समूहमा फैलियो भने अझै मृत्युदर बढ्न सक्छ । अब थपिने संक्रमतिहरुलाई अक्सिजनको आवश्यकता हुनसक्छ । त्यसैले सरकारले सम्भावित संक्रमितको संख्या अनुमान गरेर सोही अनुसार अस्पतालमा भेन्टिलेटर र आइसियु जस्ता पूर्वधारहरुको पुर्वतयारी गर्नुपर्छ ।’

सरकारले लकडाउन खुकुलो बनाउदै गर्दा मासिनहरुलाई मास्क अनिवार्य, सामाजिक दुरी कायम राख्ने, सुरक्षा संयन्त्रको प्रयोग, भिडभाड नियन्त्रण, सार्वजनिक स्थलहरुमा हात धुने वा स्यानिटाइजरको व्यवस्थापन गरी संक्रमण न्युनिकरण गर्न सक्ने डा दीक्षितले बताए ।

सरकारले लकडाउन खुकुलो बनाएपछि सर्वसाधारणले भने संक्रमणबाट जोगिन आफुन सचेत भइरहनुपर्ने डा दीक्षितले बताए ।

‘लकडाउन खुकुलो भएपनि सरकारले जोखिम समुह भनेर निर्धारण गरेका व्यक्तिहरु सकेसम्म बाहिर निस्किनु हुँदैन, निस्कनै पर्ने अवस्थामा विशेष ध्यान दिनुपर्छ,’ डा दीक्षितले भने,‘ अन्य व्यक्तिहरुले पनि बाहिर हिडडुल गर्दा विशेष ध्यान दिने, मास्क लगाउने, भिडभाड नगर्ने, साना तथा बन्द कोठामा धेरै व्यक्ति लामो समयसम्म नबस्ने गर्नुपर्छ ।’

डा दीक्षितका अनुसार बन्द कोठामा भिडभाड गरेर धेरै समय बस्दा कोरोना संक्रमणको जोखिम हुनसक्छ ।

भाइरोलोजिष्ट डाक्टर अनुप सुवेदीले पनि लकडाउन खुकुलो बनाउँदै गर्दा संक्रमणको दर भने अझै बढ्न सक्ने बताए । लकडाउन खुकुलो भएपनि सबैले बाहिर निस्कँदा सचेत हुनुपर्ने उनको सुझाव छ ।

‘लकडाउन खुकुलो भएपछि केस बढ्छ, सकेसम्म संक्रमित बढ्न नदिन मानिसहरुले जहाँ पनि भौतिक दूरी कायम गर्ने, पसलमा भिडभाड हुन नदिने, ह्याण्ड स्यानिटाइजर प्रयोग गर्ने, कारखाना तथा कार्यस्थलमा पनि दूरी कायम गरेर बस्ने, सबैले मास्कको प्रयोग गर्ने गर्नुपर्छ,’ डा सुवेदीले भने, ‘अहिले धेरै स्वाव प्रयोगशाला मै थन्किएका छन् । परीक्ष्ण भएको छैन् । परीक्षणको दायरा कम हुदा संक्रमति बढेपछि तथ्यांकमा कम देखिन्छ । त्यसैले सरकारले परीक्षणको दायरा बढाउनुपर्छ ।’

जनस्वास्थ्यविज्ञ डाक्टर रविन्द्र पाण्डेले पनि लकडाउन खुकुलो भएपछि संक्रमणको दर बढ्न सक्ने भएकाले सबैले सचेत हुनुपर्ने बताए ।

‘लकडाउन खुकुलो बनाउँदा संक्रमणको दर बढ्ने भएकाले सरकारले लकडाउन खोलेपनि व्यक्ति स्वयंले भने आफुलाई लकडाउनमा राख्नुपर्छ,’ डा पाण्डेले भने, ‘सबैले मास्क लगाउने, आफ्नो कार्यस्थल तथा पसललाई समय समयमा निः संक्रामण बनाउनुपर्छ । प्रत्येक नागरिकले आफु संक्रमणबाट बच्न सचेत भएमा संक्रमणको जोखिमबाट सबैलाई बचाउन सकिन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ३ : ३२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०