नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ४ हजार ६१४ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल विरगञ्जको प्रयोगशालामा रौतहटका ३ जना पुरुष, किटजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौंडामा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सप्तरीका ९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, रौतहटका १५ जना पुरुष र महोत्तरीका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ जनामा संक्रमण पुष्टि भएका छन् । उनीहरु मध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन् ।

यसैगरी भेरी अस्पतालको प्रयोगशालमा रोल्पाका १४ जना, बाँकेका १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ जना र सुर्खेतका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना पुरुष,प्युठानका ४ जना र रुपन्देहीका २९ जना रहेका छन् । यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा कैलालीका ७ जना, बाजुराका १८ जना र बझाङका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना पुरुष, रौतहटका ३९ जना पुरुषहरु रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ का १३ जिल्लामा ५ सय ७ जना, प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१, बागमती प्रदेशका १२ जिल्लामा १ सय ४७ जना, गण्डकी प्रदेशका ९ जिल्लामा १ सय ४७ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ३ सय ९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७ सय ५९ र सुदुरपश्चिम प्रदेशमा १ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ४ : २१ बजे

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

काठमाडौं– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन