नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो « Khabarhub

नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ४ हजार ६१४ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल विरगञ्जको प्रयोगशालामा रौतहटका ३ जना पुरुष, किटजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौंडामा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सप्तरीका ९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, रौतहटका १५ जना पुरुष र महोत्तरीका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ जनामा संक्रमण पुष्टि भएका छन् । उनीहरु मध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन् ।

यसैगरी भेरी अस्पतालको प्रयोगशालमा रोल्पाका १४ जना, बाँकेका १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ जना र सुर्खेतका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना पुरुष,प्युठानका ४ जना र रुपन्देहीका २९ जना रहेका छन् । यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा कैलालीका ७ जना, बाजुराका १८ जना र बझाङका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना पुरुष, रौतहटका ३९ जना पुरुषहरु रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ का १३ जिल्लामा ५ सय ७ जना, प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१, बागमती प्रदेशका १२ जिल्लामा १ सय ४७ जना, गण्डकी प्रदेशका ९ जिल्लामा १ सय ४७ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ३ सय ९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७ सय ५९ र सुदुरपश्चिम प्रदेशमा १ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ४ : २१ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि