लकडाउन केही खुकुलो, यी हुन अझै सञ्चालन गर्न नपाइने क्षेत्र « Khabarhub

लकडाउन केही खुकुलो, यी हुन अझै सञ्चालन गर्न नपाइने क्षेत्र


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउन केही खुकुलो पार्ने मोडालिटी बनाए पनि अझै केही क्षेत्र खोल्नमा रोक लगाएको छ ।

अन्त्यावश्यकबाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार खोल्न नमिल्ने क्षेत्रमा शैक्षिक संस्थादेखि खेलकुद मैदान हुँदै शैलुनसम्म परेका छन्।

के के सञ्चालन गर्न पाइँदैन ?

-शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र),

-अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान,

-तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,

-सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार,

-सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,

-सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,

-सार्वजनिक पुस्तकालय, सग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर,

-स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,

-सपिङ महल,

-समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,

-सबै धार्मिक तथा सार्वजनिक स्थलहरु

के के खुल्ने ?

  • स्वास्थ्य सम्बन्धी सबै सेवा
  • औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानीको उत्पादन, बिक्री वितरण तथा ढुवानी
  • पेट्रोलियम पदार्थको ढुवानी, बिक्रीवितरण र फोहोरमैला व्यवस्थापन
  • विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक
  • बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा
  • सबै प्रकारका कृषि तथा पशुपन्छी पालन सम्बन्धी कार्य
  • कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारण सम्बन्धी सेवा वा कार्य
  • उत्पादनशील उद्योग, निर्माण सामग्री सम्बन्धी उद्योग व्यवसाय
  • विकास आयोजना (निजी क्षेत्रबाट समेत प्रवर्द्धित)
  • निर्माण कार्य (निजीसमेत)
  • नदी तथा खानीजन्य पदार्थ, उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण
  • रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा
  • क्वारेन्टाइन तोकिएको होटल र बिजुलीका सामान बिक्री तथा मर्मत
  • विद्युतीय उपकरण, मेसिनरी र सवारीसाधनको मर्मत गर्ने वर्कसप
  • पुस्तक पसल तथा स्टेसनरी र सबै प्रकारका ढुवानी सेवा
  • अत्यावश्यक सेवाका सबै कार्यालय
  • अन्य सकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा विद्युतीय संस्था

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : ३५ बजे

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले