सरकारको निर्णयको चेम्वर अफ कमर्सद्वारा स्वागत « Khabarhub

सरकारको निर्णयको चेम्वर अफ कमर्सद्वारा स्वागत


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्वर अफ कमर्सले काठमाडौं उपत्यकाका निजी सवारी साधन जोरविजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयको स्वागत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्क्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानिय रहेको चेम्वर अफ कमर्सले विज्ञप्तिमार्फत जनाएको छ ।

सरकारको यी निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय माक्स र सेनिटाइजर उचित प्रयोग र सामाजिक दूरी कायम गर्दै जानुपर्ने विज्ञप्तिमा भनिएको छ ।

सरकारले उपत्यकालाई सिल गरेकामा यसलाई निरन्तरता दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । रातको समयमा उपत्यका बाहिरबाट व्यक्तिहरु उपत्यका भित्रिने गरेकामा त्यसलाई रोक्नुपर्ने बताइएको छ । सरकारले कर तिर्ने समयलाई बढाएर सहुलियत दिनेमा पनि संस्थाले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : १५ बजे

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट