ला लिगामा रियल मड्रिडको सहज जीत | Khabarhub Khabarhub

ला लिगामा रियल मड्रिडको सहज जीत


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिडले आलाभेसविरुद्ध सहज जीत निकालेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा रियलले आलाभेसलाई २-० गोल अन्तरले हराएको हो ।

रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमा र मार्को एसेन्सियोले एक/एक गोल गरे ।

खेलको ११ औं मिनेटमा घरेलु टोली रियलले करीम बेन्जेमाको पेनाल्टी गोलमा अग्रता लियो ।

आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा बेन्जेमाले लिगको १८ औं गोल गरे ।

दोस्रो हाफको सुरुवाती समयमा नै रियलले अग्रता दोब्बर पार्यो । रोड्रीगोको थ्रु पासमा बेन्जेमाले बल अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक भित्र दिएको पासलाई  मार्को एसेन्सियोले गोलमा परिणत गरे ।

जीतसँगै शीर्ष स्थानमा रहेको रियलले अंक तालिकामा पुन: ४ अंकको अग्रता कायम गरेको छ । रियलको ३५ खेलमा ८० अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक छ । रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : १८ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले