ला लिगामा रियल मड्रिडको सहज जीत « Khabarhub

ला लिगामा रियल मड्रिडको सहज जीत


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिडले आलाभेसविरुद्ध सहज जीत निकालेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा रियलले आलाभेसलाई २-० गोल अन्तरले हराएको हो ।

रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमा र मार्को एसेन्सियोले एक/एक गोल गरे ।

खेलको ११ औं मिनेटमा घरेलु टोली रियलले करीम बेन्जेमाको पेनाल्टी गोलमा अग्रता लियो ।

आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा बेन्जेमाले लिगको १८ औं गोल गरे ।

दोस्रो हाफको सुरुवाती समयमा नै रियलले अग्रता दोब्बर पार्यो । रोड्रीगोको थ्रु पासमा बेन्जेमाले बल अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक भित्र दिएको पासलाई  मार्को एसेन्सियोले गोलमा परिणत गरे ।

जीतसँगै शीर्ष स्थानमा रहेको रियलले अंक तालिकामा पुन: ४ अंकको अग्रता कायम गरेको छ । रियलको ३५ खेलमा ८० अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक छ । रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : १८ बजे

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय