आज पनि भारी वर्षा जारी, बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध « Khabarhub

आज पनि भारी वर्षा जारी, बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भइहेको छ ।

प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

सिन्धुलीको हरिहरपुरगढी र आसापस ४ घण्टासम्म भारी वर्षा भएकाले सिस्नेरी, कोखाजोर, मरिन, बकैया तथा बागमती नदीमा बहाव खतराको तहभन्दा माथि पुगेको छ । यी नदी आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

यस्तै मकवानपुर, उदयपुर तथा प्रदेश १ को तराई क्षेत्र र प्रदेश २ मा लगातार ६ घण्टासम्म वर्षा हुने भएकाले ती क्षेत्रका ससाना खोलाहरूमा समेत बाढी आउने खतरा रहको भन्दै सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।

गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्भर्ट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो ।

सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र  प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको केही स्थानहरुमा दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा बेलझुण्डीमा सबैभन्दा धेरै ८९.८ मिलिलिटर, उदयपरमा ८१.८ मिलिलिटर पानी परेको छ ।

यस्तै बर्दघाटमा ७९.४, परासीमा ७८.२, धनुषामा ५७.२, पश्चिम राप्तीमा ५०.६, इलाममा ४८.८ र सिन्धुलीमा ४२.६ मिलिलिटर पानी परेको छ ।

जुलाई यता काठमाडौँमा ५६.७० मिलिलिटर, पोखरामा ५०८.५० मिलिलिटर, वीरेन्द्रनगरमा ११०.५० मिलिलिटर, विराटनगरमा २७.९० मिलिलिटर पानी परेको छ ।

यस्तै धनगढीमा १४.९, वीरेन्द्रनगरमा १४.३, नेपालगञ्जमा ७४, जुम्लामा ९.९, घोराहीमा ३३, भैरहवामा १३५.३, काठमाडौँमा २८.४, ओखलढुंगामा १३.६, धनकुटामा ४२.१, विराटनगरमा ३.७, धरानमा ५०.५, लुम्लेमा ८४.३, जनकपुरमा ८.४ र जिरीमा ८३ मिलिलिटर वर्षा भएको छ ।

भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर शुक्रबार बेलुकासम्म देशभर २३ जनाले ज्यान गुमाएका छन् ।

अन्य ३६ जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : १७ बजे

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी