साढे ३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो « Khabarhub

साढे ३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइएको छ ।

यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई नेपाल ल्याइएको हो । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका खड्का यूएईमा बस्दै आएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०७३ पुसमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी निरजबहादुर शाहीका अनुसार खड्काबारे थप अनुशन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ०६ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर