बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना पोजेटिभ, अस्पताल भर्ना « Khabarhub

बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना पोजेटिभ, अस्पताल भर्ना


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

अभिनेता बच्चनले आफूमा कोरोरा भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् ।

‘ममा कोेरोना पोजेटिभ देखिएको छ, हस्पिटलमा सिफ्ट भएको छु,’ अमिताभले ट्वीटर तथा फेसबूकमार्फत जनाएका छन् । मुम्बईको एक अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो ।

अमिताभको परिवार र स्टाफको कोरोना परीक्षण गरिएको छ । उनीहरुको नतिजा अझै नआएको बच्चनले जनाएका छन् ।

पछिल्लो समय अमिताभ फिल्म ‘गुलाबो सिताबो’ मा देखिएका थिए । उक्त फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो ।

उनको ट्वीटपछि बलिउड सेलिब्रेटी र फ्यानले स्वाथ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : ३१ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)