विश्वभर एकैदिन २ लाख ९ हजार जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर एकैदिन २ लाख ९ हजार जनामा कोरोना भाइरसको संक्रमण


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ ।

कोरोनाको महामारीले मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड २ लाख ४४ हजार ६०१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३४२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३८ हजार ६०५ पुगेको छ ।

१ करोड ३१ लाख ६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।   कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ३९८ जनाको मृत्यु भएको छ । ३० लाख ६४ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ३६ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३६ हजार २०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख ८२ हजार ८८ पुगेको छ । त्यसमध्ये ३३ लाख २७ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ११ हजार ६ जनाको मृत्यु भएको छ । ५१ लाख २० हजार ९३९ जना संक्रमित भएकोमा ३८ लाख ७८ हजार ९५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६० हजार ९९४ जनाको मृत्यु भएको छ । ४७ लाख ९२ हजार १९९ जना संक्रमित भएकोमा ३३ लाख २ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २३ हजार ६४३ जनाको ज्यान गएको छ भने १० लाख ६१ हजार ९८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ४७ हजार ४१४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३४० जनाको मृत्यु भएको छ । २३ हजार ३१० जना संक्रमित भएकोमा १३ हजार ८१५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ०१ बजे

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को