आफ्ना नाममा खोलिएका खाताले ‘किनबेच’ गर्न थालेपछि सबिनलाई चिन्ता « Khabarhub

आफ्ना नाममा खोलिएका खाताले ‘किनबेच’ गर्न थालेपछि सबिनलाई चिन्ता


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पप गायक सबिन राई सामाजिक सञ्जालमा त्यति सक्रिय हुँदैनन् । हजारौं युवाको ढुकढुकी बनेका राई व्यापार, कन्सर्ट र गायनकै क्षेत्रमा व्यस्त रहन्छन् ।

सबिनको भेरिफाइड खातामा २८ हजारभन्दा बढी फलोअर्स छन् । उनको ब्याण्डको आधिकारिक फेसबूक पेज पनि छ । संगीत तथा अन्य जानकारी उनले सोही पेजमार्फत दिन्छन् ।

तर, सबिनको नाममा खोलिएका फेक खाता भने उनलाई टाउको दुखाइ बनेको छ । राईले सोमवार आफ्नो आधिकारिक फेसबूक खातामार्फत आफ्नो नाममा बनाइएको फेसबूक खाताबारे आफू जानकार नभएको बताएका छन् ।

आफ्नो नाममा खोलिएको फेसबूक पेजले किनबेचका विज्ञापन हाल्न थालेपछि सबिनको चिन्ता बढेको हो ।

‘४४ हजार बढी प्रशंसक, मेरो नामको परिचय बोकेको फेसबूक पोस्टमा किनबेचको कुरा देख्दा मलाई यो मान्छेको पोस्टदेखि चिन्ता लाग्न थाल्यो,’ सबिनले केही तस्वीर समेत शेयर गर्दै भनेका छन्, ‘यहाँ भएका कुनै पनि विज्ञापनको मलाई कुनै जानकारी छैन ।’

उनको नाममा खोलिएको फर्जी खातामा विभिन्न ब्राण्डका सामान किनबेचको विज्ञापन राखिएको छ । आफ्ना फ्यानहरू नझुक्किऊन् भनेर सबिनले आफ्नो आधिकारिक खाताबाट फ्यानलाई सचेत बनाएका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : १५ बजे

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव