यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित) | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो ।

तर, पछिल्लो केही दिन यता कोभिड–१९ संक्रमणको अवस्था बढेको भन्दै सोमबारको बैठकले त्यसलाई संशोधन गरी विभिन्न १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको हो ।

यसै गरी भदौ १ गतेदेखि सञ्चालन गर्न दिने निर्णयलाई परिमार्जन गरी भदौ १६ गते पुर्‍याएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार छोटो, मध्यम र लामो दूरी सञ्चालन गर्न दिने भनिएकोमा भदौ १६ गते सार्ने निर्णय गरेको छ ।

त्यस्तै शैक्षिक संस्था, सभा गोष्ठि तालिम सेमिनार, प्रदर्शन, भेला, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, खेलकुद, पुस्तकालय लगायतका क्षेत्र बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

कोभिड–१९ संक्रमणको सक्रिय संक्रमित २ सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी र गैह्रसरकारी निकायहरु बैंक सहकारी, लघुवित्त, वित्तीय संघ संस्था लगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गर्ने सबै कार्यालय एवं संघ संस्थाहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरुलाई घरमै बसेर काम गर्न सक्ने व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ ।

साथै अनलाइनबाट कार्य गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्यालयहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : ५९ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,