कांग्रेस नेता बस्नेतका पितामा मृत्युको ५ दिनपछि कोरोना पुष्टि « Khabarhub

कांग्रेस नेता बस्नेतका पितामा मृत्युको ५ दिनपछि कोरोना पुष्टि

ठूलो संख्यामा मलामी उपस्थित, स्थानीयमा त्रास


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार राति निधन भएका खड्गबहादुर बस्नेतमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको रिपोर्टमा बस्नेतमा संक्रमण पुष्टि गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिता ८४ वर्षीय बस्नेतको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको थियो ।

लामो समयदेखि प्यारालाइसिसबाट पीडित उनको मृत्यु भएपछि अन्तिम दाहसंस्कार गृहजिल्ला सिन्धुपाल्चोकमा गरिएको थियो ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइए पनि कोरोनाको रिपोर्ट नै नआइ परिवारका सदस्यले शव गृहजिल्ला लगेका थिए ।

बस्नेतको दाहसंस्कारका क्रममा ठूलो संख्यामा मलामी सहभागी थिए । धेरै संख्यामा मलामी भेला भएकाले कोरोना संक्रमणको त्रास बढेको स्थानीयको भनाइ छ ।

एक स्थानीयले भने, ‘झण्डै १५ सयको हाराहारीमा मलामी भेला भएका थियौँ । उहाँमा कोरोना पोजेटिभको नतिजा आएपछि सिंगो जिल्लामै त्रास फैलिएको छ ।’

मृत्यु संस्कारमा बसेका छोरालाई भेट्न आउनेलाई क्वारेन्टिनमा बस्न आग्रह

मृत्यु संस्कारमा बसेका छोरालाई भेट्न पुगेका नेता तथा अन्य कार्यकर्ताहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

उनलाई भेट्न सोमबारमात्रै नेकपा नेताहरु अमृतकुमार बोहरा, शेरबहादुर तामाङलगायत जिल्लाका विशिष्ठ व्यक्ति पुगेका थिए । उनीहरु सबैलाई अर्को सूचना नआएसम्म सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

ठूलो संख्यामा मलामी सहभागी भएपछि गाउँ नै सिल गरेर मलामी खोज्ने काम सुरू भएको छ । बुधबार स्वाब संकलनका लागि टोली बाह्रबिसे पुग्नेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ५७ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक