कांग्रेस नेता बस्नेतका पितामा मृत्युको ५ दिनपछि कोरोना पुष्टि « Khabarhub

कांग्रेस नेता बस्नेतका पितामा मृत्युको ५ दिनपछि कोरोना पुष्टि

ठूलो संख्यामा मलामी उपस्थित, स्थानीयमा त्रास


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार राति निधन भएका खड्गबहादुर बस्नेतमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको रिपोर्टमा बस्नेतमा संक्रमण पुष्टि गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिता ८४ वर्षीय बस्नेतको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको थियो ।

लामो समयदेखि प्यारालाइसिसबाट पीडित उनको मृत्यु भएपछि अन्तिम दाहसंस्कार गृहजिल्ला सिन्धुपाल्चोकमा गरिएको थियो ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइए पनि कोरोनाको रिपोर्ट नै नआइ परिवारका सदस्यले शव गृहजिल्ला लगेका थिए ।

बस्नेतको दाहसंस्कारका क्रममा ठूलो संख्यामा मलामी सहभागी थिए । धेरै संख्यामा मलामी भेला भएकाले कोरोना संक्रमणको त्रास बढेको स्थानीयको भनाइ छ ।

एक स्थानीयले भने, ‘झण्डै १५ सयको हाराहारीमा मलामी भेला भएका थियौँ । उहाँमा कोरोना पोजेटिभको नतिजा आएपछि सिंगो जिल्लामै त्रास फैलिएको छ ।’

मृत्यु संस्कारमा बसेका छोरालाई भेट्न आउनेलाई क्वारेन्टिनमा बस्न आग्रह

मृत्यु संस्कारमा बसेका छोरालाई भेट्न पुगेका नेता तथा अन्य कार्यकर्ताहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

उनलाई भेट्न सोमबारमात्रै नेकपा नेताहरु अमृतकुमार बोहरा, शेरबहादुर तामाङलगायत जिल्लाका विशिष्ठ व्यक्ति पुगेका थिए । उनीहरु सबैलाई अर्को सूचना नआएसम्म सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

ठूलो संख्यामा मलामी सहभागी भएपछि गाउँ नै सिल गरेर मलामी खोज्ने काम सुरू भएको छ । बुधबार स्वाब संकलनका लागि टोली बाह्रबिसे पुग्नेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ५७ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली