पूर्वमन्त्री बस्नेतको प्रश्न : कोरोना संक्रमण थियो भने किन शव लैजान दबाब दिइयो ? | Khabarhub Khabarhub

पूर्वमन्त्री बस्नेतको प्रश्न : कोरोना संक्रमण थियो भने किन शव लैजान दबाब दिइयो ?


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्‍नेतले साउन २२ मा निधन भएका आफ्ना ८४ वर्षीय बुवाको शव त्रिवि शिक्षण अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको बताएका छन् ।

उनले बुवाको दाहसंस्कारसमेत भइसकेको अवस्थमा सरकारले कोरोना पुष्टि गरेपछि आक्रोश समेत पोखेका छन् ।

कोरोना थियो भने अस्पतालले किन शव लैजान दबाब दिइयो भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोखेका छन् ।

उनले आफ्ना बुवाको मृत्युमा समेत राजनीति गर्न खोजिएको आरोप लगाएका छन्। राजनीतिक कुचेष्टासहित बुवाको शव पीसीआर रिपोर्टसमेत नआई जवरजस्ती अस्पतालबाट लगिएको भनेर आफूलाई बदनाम गर्न खोजिएकोमा गुनासो समेत गरेका छन् ।

‘वास्तवमा बुबाको मृत्यु दुवै किड्नी खराब भएकाले हो । उपचारमा संलग्‍न स्वास्थकर्मीले तुरुन्त शव निकाल्नु भन्दा पनि हामीले भोलिपल्ट बिहान ७ बजे मात्रै शव निकालेका थियौँ’, उनले भनेका छन्, ‘शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा सुरुमा पीसीआर नेगेटिभ देखिएको थियो।’

स्वास्थ्यमा पुन: समस्या आएपछि मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको उनले बताएका छन् । त्यहाँ डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारी गराएकाे उनले बताए।

‘डाक्टरले दुवै किड्नी ड्यामेज भएकाले निधन भएको बताएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं’, उनले भनेका छन्, ‘दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारीपछि दाहसंस्कारमा धेरै शुभचिन्तक सहभागी भए।’

बस्‍नेतले मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन्।

‘नमुना लिएको ६ घण्टामा आउने रिपोर्ट कोरोना लागेर मृत्यु भएको भन्दै स्वास्थ्य मन्त्रालयबाट एक सातापछि समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी छैन’, उनले भने, ‘यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजानु भन्‍ने अमानवीय हर्कत भयो ?’

उनका पिताको दाहसंस्कारपछि कोरोना पुष्टि भएपछि अहिले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

उनले यस्तो लेखेका छन् फेसबुकमा 

सम्पूर्णमा अपिल !

हाम्रो ८४ वर्षीय पुजनीय पिताको मृत्युमा समेत राजनीतिक कुचेष्टा सहित हस्पिटल बाट जबरजस्ती पीसीआर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सन्चार माध्यम प्रति गहिरो खेद प्रकट गर्दछौं।

वास्तवमा बुबाको मृत्यु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७/०४/२२ गते ११:४५ मा भएको थियो। उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा-भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पूर्णमा जानकारी गराउदछौं ।

शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचारपछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुनः समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो।

डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं।

दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं ।

यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजान भन्ने अमानवीय हर्कद भयो ?

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : २४ बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट