काठमाडौँ, कास्कीसहितका ८ जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान « Khabarhub

काठमाडौँ, कास्कीसहितका ८ जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले काठमाडौँ, कास्कीसहितका विभिन्न ८ जिल्लामा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकाका केही स्थानमा बिहानीपखबाट भारी वर्षा भएको छ । यस्तै कास्की, रूपन्देही, कपिलवस्तु, म्याग्दी, पर्वत, नवलपरासी र बागलुङमा पनि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

भारी वर्षा भएका क्षेत्रमा बाढी पहिरो र डुबानको खतरा रहेकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर  पूर्ण बदली रही  केही स्थानहरूमा  मेघगर्जन,चट्याङसहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।

प्रदेश १, प्रदेश २,  बागमती प्रदेश  र अहिले भारी वर्षा भएका गण्डकी प्रदेशका केही जिल्लामा दिउँसो पनि भारी  वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङसहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : १२ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार