फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमै पीएसजी पराजित « Khabarhub

फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमै पीएसजी पराजित


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वानको नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) पराजित भएको छ ।

लिग अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा पीएसजी लेन्ससँग १-० ले पराजित भएको हो।

पहिलो रोजाईका ७ खेलाडीबिनै मैदान उत्रिएको पीएसजी पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औँ मिनेटमा गोल खायो ।

लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको गोल नै निर्णायक बन्यो। लिग वानमा यहि सिजन बढुवा भएर आएको लेन्सले च्याम्पियन पीएसजीमाथि जीत निकालेको हो ।

पीएसजीका स्टार खेलाडीहरू नेयमार, केलियन एमबाप्पे, एन्जल डी मारिया लगायतका खेलाडीबिना मैदान उत्रिएको पीएजीले अब आइतबार मार्सेइलीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ०२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई