अमेरिकामा थप ३८ हजार जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप ३८ हजार जनामा कोरोना संक्रमण


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा थप ३८ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ३८ हजार ८११ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६५ लाख ८८ हजार १६३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ७९ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍११ हजार ९३२ जनामध्ये १४ हजार ५०० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९६ हजार ३२८ पुगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : २१ बजे

पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही

मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका

बेमौसमी वर्षाले किसान दोहोरो मारमा

सिरहा – लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा

माइक काटिएपछि बोल्न नपाएका झलनाथ पत्रकार सम्मेलनमा बोल्ने

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दस्तावेज पारित