असुरक्षाको कारण देखाउँदै अमेरिकाले रद्द गर्‍यो एक हजार चिनियाँ विद्यार्थीको भिसा | Khabarhub Khabarhub

असुरक्षाको कारण देखाउँदै अमेरिकाले रद्द गर्‍यो एक हजार चिनियाँ विद्यार्थीको भिसा


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले असुरक्षाको कारण देखाउँदै एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धातकर्ताको भिसा रद्द गरेको छ ।

राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने देखिएकाले चिनियाँ विद्यार्थी तथा अनुसन्धाकर्ताको भिसा रद्द गरेको अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०१८-१९ को शैक्षिक सत्रमा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीहरु अमेरिकाका विश्वविद्यालयलमा भर्ना भएका थिए ।

ग्राज्यूएट तथा रिसर्च स्कलर रहेका उनीहरूले उच्च जोखिम निम्त्याउन सक्ने पाइएपछि भिसा रद्द गरिएको अमेरिकाले प्रष्ट पारेको छ ।

वैध रुपमा अध्ययनका लागि आउन चाहने चिनियाँ विद्यार्थीलाई सदैव स्वागत गरिन सकिए पनि विद्यार्थीको भेसमा चिनियाँ कम्युनिष्ट पार्टीको सैन्य दबदबा पूरा गर्ने उद्देश्यलाई आउनेहरूलाई अब छिर्नै नदिइने अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले बताएकी छन् ।

चीनको विदेश मन्त्रालयले भने अमेरिकी आरोपको खण्डन गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : ४० बजे

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको