सन्की शासकका अनौठा हर्कत « Khabarhub

सन्की शासकका अनौठा हर्कत


२६ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा धेरै तानाशाहको जन्म भयो । तानाशाह शब्द नै मानिसहरूका लागि डराउनुका लागि काफी छ ।

केही तानाशाहहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पुर्‍याए र केहीले मानिसको अधिकारहरू खोसेर राज गरे ।

तानाशाहले राज गरेका भएमात्र त हुन्थ्यो तर उनीहरु मध्ये केहीले यस्ता हर्कत गरे की आफूलाई भगवान नै सम्झिए ।

आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं ।

saparmurat atayevich niyazov | Tumblr

सपरमुरात नियाजोव

सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाह थिए। उनले एक किताब लेखेका थिए, जसको नाम थियो रुह्नमा ।

यस किताब हरेक विद्यार्थीले पढ्नै पर्थो। यो पुस्तक एक धार्मिक प्रोपोगान्डाका रुपमा लेखिएको थियो ।

उनले यो किताबलाई आकासमा पनि पठाए ताकि एक एलियनले पनि पढ्न सकोस् ।

undefined

मुअमम्मर गद्दाफी

लिबियाका शासन मुअम्मर गद्दाफी अमेरिकाकी स्टेट सेक्रेटरी कोन्डोलिजा राइसलाई मन पराउँथे । उनले एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका थिए ।

राइस लिबियाको भ्रमणमा रहेका बेला गद्दाफीले एक सीडी बनाएर दिएका थिए । जसमा राइसको विदेश भ्रमणका फोटोहरु राखिएका थिए र व्याकग्राउण्डमा रोमान्टिक गीत बजिरहेको थियो ।

Nicolae Ceaușescu - Wikiquote

निकोलाई चाऊशेस्कू

राष्ट्रपति निकोलाई चाऊशेस्कू रोमानियाका शासक थिए र उनलाई सधै डर लागि रहन्थ्यो की आफ्नो हत्या हुनेछ ।

उसलाई ओस्मोसिरको माध्यमबाट आफ्नो मृत्यु हुने शंका थियो । ओस्मोसिस कपडाको मद्दतमा कसैको शरीरमा पुर्‍याइन्थ्यो । जसका कारण चाऊशेस्को हरेक दिन नयाँ सूट तथा नयाँ जुत्ता लगाउथे । यो मात्र होइन उनी एक पटक लगाएको सूट जलाउने गरेका थिए ।

Idi Amin - Death, Uganda & Facts - HISTORY

इदी अमीन

युगाण्डाका राष्ट्रपनि इदी अमीन विश्वलाई यो देखाउन चाहन्थे की अफ्रिकी मूलका मानिस अब कसैका पनि दास होइनन् । जसका कारण उनी चार सूट बूट लगाएका श्वेत मानिसलाई आफ्नो काँधमा राखेर हिड्थे । इदी अमीनलाई बुचर अफ युगाण्डा पनि भनिन्छ ।

Kim Il-sung – Wikipedia

किम इल सुंग

यति तानाशाहको हर्कत जानकारी भइसकेपछि उत्तर कोरियालाई कसरी भुल्न सकिन्छ र ?

आफूलाई उत्तर कोरियाको प्रधानमन्त्री भन्ने किम इल सुंगको बानी बहुत अनौठो खालको थियो । जवान रहका लागि उनी २० वर्षका युवा युवतीको रगत आफ्नो शरीरमा राख्थे ।

यतिमात्र होइन उनले गीत लेखेका थिए । उक्त गीत उत्तर कोरियाले स्पेस स्टेशनमा बजाउँथ्यो । जसको उद्देश्य किमको महानताको गीत एलियन पनि सुन्न सकुन् भन्ने थियो ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ११ : १९ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको