सन्की शासकका अनौठा हर्कत « Khabarhub

सन्की शासकका अनौठा हर्कत


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा धेरै तानाशाहको जन्म भयो । तानाशाह शब्द नै मानिसहरूका लागि डराउनुका लागि काफी छ ।

केही तानाशाहहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पुर्‍याए र केहीले मानिसको अधिकारहरू खोसेर राज गरे ।

तानाशाहले राज गरेका भएमात्र त हुन्थ्यो तर उनीहरु मध्ये केहीले यस्ता हर्कत गरे की आफूलाई भगवान नै सम्झिए ।

आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं ।

saparmurat atayevich niyazov | Tumblr

सपरमुरात नियाजोव

सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाह थिए। उनले एक किताब लेखेका थिए, जसको नाम थियो रुह्नमा ।

यस किताब हरेक विद्यार्थीले पढ्नै पर्थो। यो पुस्तक एक धार्मिक प्रोपोगान्डाका रुपमा लेखिएको थियो ।

उनले यो किताबलाई आकासमा पनि पठाए ताकि एक एलियनले पनि पढ्न सकोस् ।

undefined

मुअमम्मर गद्दाफी

लिबियाका शासन मुअम्मर गद्दाफी अमेरिकाकी स्टेट सेक्रेटरी कोन्डोलिजा राइसलाई मन पराउँथे । उनले एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका थिए ।

राइस लिबियाको भ्रमणमा रहेका बेला गद्दाफीले एक सीडी बनाएर दिएका थिए । जसमा राइसको विदेश भ्रमणका फोटोहरु राखिएका थिए र व्याकग्राउण्डमा रोमान्टिक गीत बजिरहेको थियो ।

Nicolae Ceaușescu - Wikiquote

निकोलाई चाऊशेस्कू

राष्ट्रपति निकोलाई चाऊशेस्कू रोमानियाका शासक थिए र उनलाई सधै डर लागि रहन्थ्यो की आफ्नो हत्या हुनेछ ।

उसलाई ओस्मोसिरको माध्यमबाट आफ्नो मृत्यु हुने शंका थियो । ओस्मोसिस कपडाको मद्दतमा कसैको शरीरमा पुर्‍याइन्थ्यो । जसका कारण चाऊशेस्को हरेक दिन नयाँ सूट तथा नयाँ जुत्ता लगाउथे । यो मात्र होइन उनी एक पटक लगाएको सूट जलाउने गरेका थिए ।

Idi Amin - Death, Uganda & Facts - HISTORY

इदी अमीन

युगाण्डाका राष्ट्रपनि इदी अमीन विश्वलाई यो देखाउन चाहन्थे की अफ्रिकी मूलका मानिस अब कसैका पनि दास होइनन् । जसका कारण उनी चार सूट बूट लगाएका श्वेत मानिसलाई आफ्नो काँधमा राखेर हिड्थे । इदी अमीनलाई बुचर अफ युगाण्डा पनि भनिन्छ ।

Kim Il-sung – Wikipedia

किम इल सुंग

यति तानाशाहको हर्कत जानकारी भइसकेपछि उत्तर कोरियालाई कसरी भुल्न सकिन्छ र ?

आफूलाई उत्तर कोरियाको प्रधानमन्त्री भन्ने किम इल सुंगको बानी बहुत अनौठो खालको थियो । जवान रहका लागि उनी २० वर्षका युवा युवतीको रगत आफ्नो शरीरमा राख्थे ।

यतिमात्र होइन उनले गीत लेखेका थिए । उक्त गीत उत्तर कोरियाले स्पेस स्टेशनमा बजाउँथ्यो । जसको उद्देश्य किमको महानताको गीत एलियन पनि सुन्न सकुन् भन्ने थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ११ : १९ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा