नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ ।

झण्डै डेढ महिनादेखि स्थगित बैठक आज (शुक्रवार) बालुवाटारमा जारी छ । आन्तरिक विवादका कारण लामो समयसम्म बैठक बस्न सकेको थिएन ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । १५ बुँदे उक्त प्रस्ताव आजै पारित गर्ने पनि तयारी छ ।

बैठकमा अध्यक्षद्वयको बीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत गरिनेछ ।

पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो ।

गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो ।

पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि लामो समयसम्म स्थायी कमिटीको बैठक बस्न सकेको थिएन । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठेपछि बैठक नै स्थगित हुँदै आएको थियो ।

साउन १३ गतेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि बीचमा पार्टी नेताबीच आन्तरिक विवाद मत्थर पार्ने प्रयास भएको थियो ।

आजको बैठकमा कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने र बैठक स्थगित गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : २७ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले