नगरपालिकाले विपन्न परिवाको घर बनाइदिने « Khabarhub

नगरपालिकाले विपन्न परिवाको घर बनाइदिने


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घरपरिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा खुसी भएका हुन् ।

स्थानीय युवा क्लबको सक्रियता र वडा कार्यालयको समन्वयमा घर निर्माण कार्यको शुरु गरिएको नगरपालिकाले जनाएको छ । घर निर्माण कार्यको शुभारम्भ गर्दै नगर प्रमुख भूपराज अधिकारीले भने, “घर भत्किएर विस्थापित भएका र आर्थिक अवस्था कमजोर भएका परिवारको घर निर्माणमा नगरपालिकाले सहयोग गर्छ ।”

साउन ११ गतेको अविरल वर्षाका कारण घर भत्किएर उनीहरु छिमेकीको घरमा बस्दै आएका थिए । घर निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री नगरपालिकाले उपलब्ध गराउने तथा युवा क्लब र स्थानीय बासिन्दाले श्रमदान गरेर घर निर्माण गर्ने गरी काम शुरु गरिएको वडाध्यक्ष ध्रुव्रप्रसाद शर्मा पङ्गेनीले जानकारी दिए ।

जनश्रमदानबाट सडक ढलान गर्दै

वालिङ नगरपालिका-१३ स्थित बोधीभञ्ज्याङ्का स्थानीय बासिन्दा श्रमदान जुटाएर सडक निर्माण कार्यमा जुटेका छन् । गाउँघरमा हिड्डुल गर्न समेत समस्या भएपछि स्थानीय बासिन्दा श्रमदान जुटाएर ढलानसहितको सडक निर्माण कार्यमा जुटेका हुन् ।

वडा कार्यालयले सडक निर्माणको लागि आवश्यक पर्ने सिमेन्ट सहयोग गर्ने भएपछि करिब ६० घर रहेका बोधीभञ्ज्याङका स्थानीय बासिन्दा यतिबेला श्रमदानमा लागिरहेका छन् ।

घरगाउँमा हिड्नै समस्या भएपछि बाटो निर्माणमा जुटेको निर्माण समितिका अध्यक्ष अर्पण थापाले बताए । स्थानीय जगबहादुर थापाले भन्नुभयो, “सबैको घरमा अटो रेक्सासम्म भएपनि ल्याउन मिल्ने गरी पक्की सडक निर्माण गर्न लागेका छौँ ।”

सडक निर्माण भएसँगै आँधीखोला बहुप्राविधिक शिक्षालय र लक्ष्मी माविमा अध्ययनरत विद्यार्थी एवं शिक्षकहरुले समेत सहजरुपमा यात्रा गर्न पाउने वडाध्यक्ष आनन्द पाठक बताउँछन् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १ : ३७ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल