कोरोना संक्रमणपछि पहिलो पटक बहराइन पुगे १४६ नेपाली « Khabarhub

कोरोना संक्रमणपछि पहिलो पटक बहराइन पुगे १४६ नेपाली



दोहा- कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपालीहरू बहराइन पुगेका छन् ।

कोरोना महामारीले बिदामा घर गएका नेपालीहरू बहराइन फर्कन सुरू गरेका हुन् । नेपाल एयरलाइन्सको उडानमार्फत बिहीबार पहिलो पटक १४६ नेपाली कामदार बहराइन पुगेका छन् ।

बहराइनस्थित नेपाली दूतावासले बिदामा गएकाहरु फर्कन सक्ने २११ जनाको सूची सार्वजनिक गरेपछि पहिलो चरणमा १४६ जना बहराइन पुगेका हुन् । बहराइन पुगेकाले ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराई ७ दिन आइसोलेसन बसेर कार्यक्षेत्रमा जानअघि फेरि कोरोना परीक्षण गर्नु पर्नेछ ।

बहराइनबाट विभिन्न समयमा बिदामा घर पुगेका नेपालीहरू कोरोनाका कारण हवाई उडान स्थगित भएपछि नेपालमै रहेका थिए ।

यस्तै बहराइनमा समस्यामा परेका १५० नेपाली लिएर नेपाल एयरलाइन्स बिमान स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १ : ५४ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि