तपाईं स्वर्ग र नर्कमा विश्वास गर्नुहुन्छ ? यस्ता काम गरे जानुपर्छ नर्क ! « Khabarhub

तपाईं स्वर्ग र नर्कमा विश्वास गर्नुहुन्छ ? यस्ता काम गरे जानुपर्छ नर्क !


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मअनुसार मानिसले के गरे फल पाउने र के गरे हानी हुने भन्ने विश्वास छ ।

शास्त्रमा पनि मान्छेले कामअनुसार फल पाउने उल्लेख गरेको पाइन्छ । मानिस सफल हुने कि असफल हुने, सुखी या दुःखी हुने, मृत्युपछि स्वर्ग जाने कि नर्क भन्ने शास्त्रमा उल्लेख गरिएको छ ।

संसारका सबै धर्मले गलत काम गरे नर्कमा जाने बताएका छन् । हिन्दू धर्ममा पनि नराम्रो काम गर्ने व्यक्ति नर्क जाने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

गरुड पुराणमा मान्छेले गलत काम गरे नर्क जाने र नर्कमा कठोर सजाय हुने उल्लेख गरिएको छ ।

के गर्दा नर्क गइन्छ त ? हिन्दू धर्मका अनुसार यस्ता छन् गर्न नहुने काम:

स्त्रीको अस्मिता लुट्ने

हिन्दू धर्मले मात्र होइन, सबैले स्त्रीको अस्मितालाई महिलामा भएको सबैभन्दा ठूलो कुरा मान्ने गर्छन् । कुनै पुरुषले नारीको अस्मितामाथि खेलवाड गरेमा उसलाई नर्कमा बास हुने विश्वास गरिन्छ ।

गरुड पुराणका अनुसार गर्भवती महिलाको हत्या गर्नु महापाप भएको उल्लेख छ । यस्ता अपराध गरेका व्यक्ति मृत्युपछि नर्कमा जाने उल्लेख छ ।

नवजात शिशुको हत्या

गरुड पुराणका अनुसार नवजात शिशुको हत्या गर्ने व्यक्ति नर्कमा जान्छ । त्यस्तै शिशु हत्यालाई पनि गरुड पुराणमा महापाप भनी उल्लेख गरिएको छ ।

पूजास्थलको अपमान गर्न नहुने

कसैले पूजास्थल या पूजा भइरहेको ठाउँको अपमान ग¥यो भने त्यस्ता व्यक्तिलाई नर्कमा बास हुने विश्वास गरिन्छ । धार्मिक काम भइरहेका ठाउँको अपमान गर्न नहुने उल्लेख छ ।

विश्वासघात गर्दा

यदि तपाईंले कसैलाई विश्वासघात गर्नुभयो भने तपाईं नर्कमा जाने गरुड पुराणमा उल्लेख छ । यस्ता विश्वासघातीलाई नर्कमा कठोर सजाय हुने बताइन्छ । यस्तै अपशब्द बोल्ने र अरुलाई धोका दिनेलाई पनि नर्कको बास हुन्छ ।

पाहुनाको अपमान

आफ्नो घरमा आएका पाहुनाको अपमान गर्ने वा उनीहरुलाई खाना नखुवाउने व्यक्ति पनि मृत्युपछि नर्कमा जान्छ । गरुड पुराणले घर आएकालाई विमुख फर्काउन नहुने बताएको छ ।

गरीबलाई सहयोग नगर्ने

गरीब तथा अपाङ्गहरुलाई सहयोग नगर्ने र उपेक्षा गर्ने व्यक्ति पनि मृत्युपछि नर्कमा जाने उल्लेख छ । यस्ता व्यक्तिलाई नर्कमा कठोर सजाय हुन्छ ।

अरुलाई खुशी हुन नदिने

यदि कसैले अरुको खुशी लुट्छ भने पनि उसले नर्कमा बास पाउने निश्चित छ । पुराणका अनुसार यस्तालाई नर्कमा कठोर सजाय हुन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : १५ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न