अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ « Khabarhub

अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- मान्छे अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचखाल नगरपालिका वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, सोही ठाउँका २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल–४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वषीया उमा परियारलाई प्रहरीले  पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल–१२ देवभूमी घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई धुलिखेल–४ स्थित २८ किलोमा ४/५ जनाको समूहले अपहरण गरी बन्धक बनाई पचास हजार माग गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरिएको हो ।

आकाश र सविनालाई बिहीवार र उमालाई आज बिहान पक्राउ गरिएको हो । घटनामा संलग्न अरू दुई जनाको खोजी भइरहेको प्रहरी थापाले जानकारी दिए ।

पक्राउ परेकामध्ये सबिनाले दनुवारलाई फोनसम्पर्क गरी भेटघाट गर्न बोलाएको र सँगै कुराकानी गरी बसिरहेको अवस्थामा आफ्ना श्रीमान् आकाशलगायत अन्य व्यक्तिले उनलाई नियन्त्रणमा लिई बन्धक बनाएर घट्ना मिलाउन भन्दै पचास हजार माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुले बुधवार अपहरण गरेका दनुवारलाई बनेपा–१० बुडोलबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । सो घटनामा पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद–१७ अन्तर्गत अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : १४ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल