बेलायतद्वारा जाकिर नाईकको टीभीलाई ३ लाख पाउण्डको जरिवाना | Khabarhub Khabarhub

बेलायतद्वारा जाकिर नाईकको टीभीलाई ३ लाख पाउण्डको जरिवाना


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइकका स्वामित्वमा रहेको पीस टीभी र पीस टीभी उर्दू-टेलिभिजन च्यानलहरूलाई बेलायतको मिडिया वाचले ३ लाख पाउन्ड जरिवाना गरेको छ।

ती च्यानलबाट घृणा, हिंसा र आतंकवादलाई उक्साउने सामाग्री प्रसारण गरेको आरोप लगाउँदै मिडिया वाचले जरिवाना गरेको हो ।

पीस टीभीको होल्डिङ कम्पनी लर्ड कम्युनिकेसनलाई १ लाख पाउण्ड जरिवाना गरिएको छ भने पीस टीभी उर्दूको होल्डिङ कम्पनी क्लब टीभीलाई २ लाख पाउण्ड जरिवाना गरिएको छ।

बेलायती वाच डगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज हाम्रो प्रसारण नियम तोड्दा पिस टीभी उर्दूका इजाजत पत्र धारकलाई २ लाख पाउन्ड र पीस टीभीको इजाजत पत्र धारकलाई १ लाख पाउन्ड जरिवाना गरेको छ।”

विज्ञप्तिमा भनिएको छ, “हाम्रो अनुसन्धानले पीस टीभी उर्दू र पीस टीभीमा प्रसारण गरिएको कार्यक्रमहरूमा घृणायुक्त बोली र अत्यधिक आपत्तिजनक सामग्री प्रसारण भइरहेको छ जसले हिंसा र अपराध उक्साउने सम्भावना थियो।”

भारतमा उनीविरुद्ध घृणा फैलाएको आरोप लागेको छ । घृणा फैलाएको आरोपमा मुद्दा लागेपछि उनी भारतबाट फरार छन् । नाइक २०१६ देखि मलेशियामा बसेका छन् । भारतले उनको प्रत्यर्पणको लागि क्वालालम्पुरलाई दबाब दिदै आएको छ।

मोदी सरकारले जाकिर नाईकको प्रत्यर्पण गर्न मलेसियालाई औपचारिक अनुरोध पनि पठाईसकेको छ ।

नाइक एशियामा इस्लामी कट्टरपन्थीकरणको लागि जिम्मेवार मानिन्छ । धेरै जसो कट्टरपन्थीकरण ईण्डोनेशियालगायत दक्षिण-पूर्वी एशियामा भइरहेको छ । श्रीलंकामा इस्टर बम बिष्फोटनको मास्टर माइन्ड पनि जाकिर नाईकको भाषणबाट प्रेरित थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ३६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर