ओमानबाट ८३० नेपाली स्वदेश फर्किए « Khabarhub

ओमानबाट ८३० नेपाली स्वदेश फर्किए



दोहा : ओमानमा कोभिड-१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाएका मध्येबाट आज पाँचौ उडानमार्फत ३९ महिला तथा १२६ पुरूष सहित १६५ नेपाली स्वदेश फर्किएका छन् । योसंगै ओमानबाट फर्किनेको सङ्ख्या ८३० पुगेको छ ।

साथै मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीको लागि ओमान पुगिकी घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेको अवस्थामा रहेका महिलाद्वय ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गज कुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पुरा गरी आजै उद्धार उडान मार्फत नेपाल फर्काईएको ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले जानकारी दिइन् ।

त्यसैगरी यस उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना जति नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता पठाइएको दूतावासले जनाएको छ । आजकै उडानबाट नेपाल जाने मध्ये बाह्रदशी गापा ६, झापाकी १ जना महिला नेत्र कुमारी राउतलाई स्वदेश पठाइएको छ ।

राउत वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा केही वर्ष अघि ओमान आएकी र २०७० सालदेखि सम्पर्कविहिन भएको भन्दै उनको छोरा नवराज राउतले आफ्नी आमालाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिए अनुसार तथ्य प्रमाण एवं कूटनीतिक माध्यमबाट उनलाई सम्पर्कमा ल्याईएको दूतावासले जनाएको छ ।

मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीको लागि ओमानमा आई घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेको अवस्थामा रहेका महिलाद्वय ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गज कुमारी श्रेष्ठलाई कूटनीतिक पहलमा नेपाल फर्काईएको छ।

त्यसैगरी यस उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना जति नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्न समेत दूतावास सफल भएको जनाएको छ ।

बिदाईका लागि विमानस्थल पुगेकी राजदूत सर्मिला पराजुली ढकालले सम्पूर्ण नेपालीहरुलाई स्वदेश फिर्तीको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : २८ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि