तालिवानसँगको शान्ति वार्ताका लागि अफगान सरकारका प्रतिनिधी कतारमा | Khabarhub Khabarhub

तालिवानसँगको शान्ति वार्ताका लागि अफगान सरकारका प्रतिनिधी कतारमा


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको सरकारी वार्ता टोली तालिवान समूहसँगको शान्ति वार्ता गर्न कतारको दोहा प्रस्थान गरेको छ ।

अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिवान समूहसँग  सरकारले वार्ता गर्न लागेको हो ।

मूलतः मार्चमा सुरु हुने भनिएको वार्ता दुबैतर्फका  कैदीहरूको आदानप्रदानको विवादका कारण बारम्बार पछि धकेलिएको थियो । अफगानिस्तान द्वन्द्वमा कम्तीमा दशौँ हजार नागरिकको मृत्यु भएको छ ।

‘इस्लामिक गणतन्त्र अफगानिस्तानको सरकारले तालिवानसँग प्रत्यक्ष वार्ता सुरु गर्न सरकारी टोली अफगानिस्तानतर्फ हिँडेको छ,’ वार्ता टोलीका एक सदस्य नादेर नादेरीले शुक्रबार साँझ ट्वीटरमा लेखेका छन् ।

‘अब मेलमिलापको लागि समय तयार छ, हामी एक अर्कासँग कुरा गरेर हाम्रा समस्याहरू समाधान गर्न सक्छौं,’ अफगानिस्तानको सरकारी टोलीका एक सदस्य अब्दुल हफिज मन्सुरले बताए ।

काबुलमा यसै साता उपराष्ट्रपति आरुल्लाह सालेहलाई लक्षित गरी आफन्त गुमाएका एक व्यापारी अब्दुल्लाहले भने, ‘वार्ताको समाचारले अफगानिस्तानभरि आशाको सञ्चार गराएको छ । हामी शान्तिका लागि आतुर छौँ । अब अफगानिस्तानमा हत्या हिंसा रोकिनुपर्छ ।’

नोभेम्बर ४ को राष्ट्रपतीय निर्वाचनमा अनिश्चित सम्भावनाहरूको सामना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि आफ्नो महत्वपूर्ण नीतिलाई प्राथमिकता दिँदै आएका छन् ।

वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेका छन् ।

 

 

 

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ९ : १७ बजे

घुससहित शाखा अधिकृत प्रसाईं पक्राउ

काठमाडौं – राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडाैंमा

हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौं –  माघ २५ बाट प्रदर्शनमा आउने हरर फिल्म ‘ममी’को

बैतडीमा निस्सासिएर एक मजदुरको मृत्यु

बैतडी – निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ ।

फिल्म ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्जाङ’मा दयाहाङको नृत्य

काठमाडौं- पुस २६ बाट प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’को नयाँ गीत

सबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले