बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु,  २० जना सिकिस्त « Khabarhub

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु,  २० जना सिकिस्त


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत वृद्धको शनिबार राति ९:५५ बजे मृत्यु भएको हो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार भएको थिएन ।

योसँगै बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

बाँकेको भेरी अस्पतालमा उपचाररत आठ जना र शिक्षण अस्पताल कोहलपुरका १२ गरी २० संक्रमित सिकिस्त अवस्थामा रहेको उनले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : २३ बजे

संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का

सरकारको नीति-कार्यक्रममा महिला र बालबालिकाका लागि सीमित योजना

काठमाडौं– सोमबार सरकारले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले

प्रधानमन्त्री बालेनले संसदीय मर्यादा बिर्सेको भन्दै कांग्रेसले माग्यो जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत

अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति