नेपाल आर्मीका ३० सहित गण्डकीमा थप ६२ जनामा संक्रमण « Khabarhub

नेपाल आर्मीका ३० सहित गण्डकीमा थप ६२ जनामा संक्रमण


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आर्मीका ३० सहित गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित भएका नेपाल आर्मीमा कार्यरत ३० जना बागलुङमा कार्यरत छन् । बागलुङमा  आइतबार बिहान एकैपटक  ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा नेपाल आर्मीमा कार्यरत ३० जना, नेपाल प्रहरीका २ जना, इजलासमा कार्यरत २ जना र एक थुनुवा गरी ३६ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालायले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा नेपाल आर्मीमा कार्यरत २१-२१, २२, २३, २४/२४ वर्षका ४ जना, २५, २६/२६ वर्षका ३ जना, २७ , २८, ३०/३०, ३१, ३३/३३, ३४/३४ वर्षका ४ जना, ३५/३५ वर्षका ३ जना,  ४१, र ५१  वर्षका  २९ पुरुष तथा १९ वर्षीया महिला छन् ।

यस्तै नेपाल प्रहरीमा कार्यरत ३० र ३६ वर्षीय पुरुष, ३६ वर्षीय एक थुनुवा पुरुष, इजलासमा कार्यरत ३१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

योसँगै बागलुङमा कोरोना संक्रमितको संख्या ५ सय २२ पुगेको छ ।

यस्तै पोखराका २१ र लमजुङका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १ का ३९ वर्षीय पुरुष , ४ का २९ वर्षीय पुरुष, ५ का ३८ र ४६ वर्षीय पुरुष तथा २० वर्षीया महिला,  पोखरा ८ का चरक हस्पिटलमा उपचाररत  ६७ र ७० वर्षीय पुरुष, ९ की ४५ वर्षीया महिला, १० का ४३ वर्षीय पुरुष तथा ९ वर्षीया बालिकामा संक्रमण भएको छ ।

यस्तै वडा नम्बर १४ का ४३ वर्षीय पुरुष, १५ का १८ र ५६ वर्षीय पुरुष, नेपाल टेलिकममा कार्यरत पोखरा  १६ की ३३ वर्षीया महिला, १७ का ४५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, २० की ८९ वर्षीया महिला, २२ की २७ वर्षीया महिला, ३० का ३० वर्षीय पुरुष तथा ३२ का ३२ वर्षीय पुरुष रहेका छन् ।

लमजुङ बेसीसहर ७ की २७ वर्षीया महिला, ८ का २०, २२ र २७ वर्षीय पुरुष तथा मर्स्याङ्दी ३ का २० वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ४० बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको