जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु « Khabarhub

जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको उपचारका क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ४५ बजे

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र