जरिवाना तिर्न नसकेर यूएईमा अलपत्र १५ नेपाली स्वदेश फिर्ता   « Khabarhub

जरिवाना तिर्न नसकेर यूएईमा अलपत्र १५ नेपाली स्वदेश फिर्ता  



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)मा जरिवाना तिर्न नसकेर अलपत्र परेका १५ नेपाली स्वदेश फर्किएका छन् ।

७ महिनादेखि अलपत्र परेका १७ नेपाली मध्ये १५ जनालाई स्वदेश फर्काइएको छ । २ जनालाई भने यूएईमै आफन्तले जिम्मा लिएको सामाजिक अभियान्ता उत्तम भण्डारीले जानकारी दिए ।

कम्पनीले पूरानै टिकट रिभ्यू गरेको तथा ओभरस्टेको बसेको जरिवाना यूएईस्थित नेपाली दूतावास र एनआरएनए एनसीसी यूएईको पहलमा यूएई सरकारले मिनाह गरिदिएपछि उनीहरु स्वदेश फर्किएको भण्डारीले बताए ।

यसअघि स्वदेश फर्कन विमानस्थलसम्म पुगेका उनीहरुलाई ओभरस्टेबापतको जरिवाना तिर्न भन्दै रोकिएको थियो ।

दुई पटक विमानस्थल पुगेर स्वदेश फर्किन नपाएका बाराका शिव बच्चन रौनियार र अजय महत भने अझै फर्किन सकेका छैनन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ११ : ४५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल