भरतपुर महानगरका वडाध्यक्षको कोरोनाले मृत्यु « Khabarhub

भरतपुर महानगरका वडाध्यक्षको कोरोनाले मृत्यु


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिका– २० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट  मृत्यु भएको छ ।

उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो ।

उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११:३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए ।

६९ वर्षीय  तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा.पौडेलले बताए  ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ०३ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले