फिल्म छान्दै उपासना « Khabarhub

फिल्म छान्दै उपासना


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार उपासना सिंह ठकुरी फिल्म ‘क्याप्टेन’ बाट एकाएक चर्चामा रहिन् ।

अनमोल केसीको समेत अभिनय रहेको यो फिल्मले व्यावसायिक सफलता हात पार्न नसके पनि उपासनालाई भने सफलता दिलायो ।

पहिलो फिल्मबाटै चर्चा बटुल्न सफल कलाकार हुन् उपासना । उनलाई फिल्मबाट शीर्ष भूमिकाका लागि प्रस्तावहरू आइरहेका छन् । तर, कोरोना कहरअघि उनले पढाइका लागि ब्रेक दिएको भन्दै केही महिना फिल्ममा काम नगर्ने बताएकी थिइन् ।

लकडाउनपछि पनि उनलाई निरन्तरजसो फिल्ममा अफर आइरहेका छन् । उपासनाले शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त गर्ने कार्यक्रममा बोल्दै लकडाउनयता मात्र आठवटा फिल्मबाट अफर आएको दाबी गरिन् ।

‘मलाई लकडाउनपछि पनि ८/९ वटा फिल्मबाट अफर आयो, तीमध्ये २ वटा स्किृप्टको वानलाइन स्टोरी मन परेको छ,’ उनले भनिन् ।

उपासनाले कोरोना महामारीका कारण सिर्जित अवस्था सामान्य भएपछि कुनै एक फिल्ममा काम गर्ने सोच बनाएको पनि बताइन् ।

यसअघि उपासनाले अभिनय गरेको फिल्म ‘कबड्डी ३’ ले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मबाट उपासनाको कामको पनि तारिफ भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : १५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र