स्तन क्यान्सरबारेका १० भम्र « Khabarhub

स्तन क्यान्सरबारेका १० भम्र


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलामा हुने डरलाग्दो रोग हो स्तन क्यान्सर । नेपालमा वर्षेनी यस रोगले धेरै महिलाको मृत्यु हुने गरेको छ ।

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुदै गएपछि स्तन क्यान्सरको सम्भावना हुन्छ ।

साधारणतया यी कोषको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गर्दछ । तर जब तीव्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छ तब पुराना कोषहरू टाँसिएर रहन्छन् र गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ ।

यसरी अनियन्त्रित र अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई नै स्तन क्यान्सर भनिन्छ ।

तर आम मानिसमा भने सामान्य रुपमा आउने गिर्खा, ठूलो स्तन, ब्राको प्रयोग लगायका कारणले स्तन क्यान्सर हुने भ्रम छरिएको छ । स्तन क्यान्सरबारे मानिसबीच रहेको भ्रमहरु जो सत्य छैनन् यसबारे हामी चर्चा गर्दैछौ ?

१. गाँठागुठी र गिर्खा आउँदैमा स्तन क्यान्सर हुदैन । यस्ता लक्षण देखिएस्वास्थ्य जाँच गराउनुपर्छ ।

२. महिलाले प्रयोग गर्ने अन्डरवेयर र ब्राले स्तन र पाठेघरको क्यान्सर गराउँछ भन्ने भ्रम हो । यसको प्रयोग गर्दैमा क्यान्सर हुन्छ भन्ने हुदैन ।

३. कतिपय महिलामा परफ्युमको प्रयोग स्तन क्यान्सर हुन्छ भन्ने भ्रम छ । तर यो सत्य होइन । परफ्युम र स्तन क्यान्सरबीच कुनै पनि सम्बन्ध छैन ।

४. ठूला स्तन हुने महिलामा स्तन क्यान्सर हुन्छ भन्ने भ्रम हो । स्तन ठुलो हुदैमा क्यान्सर हुने कुनै संभावना रहदैन ।

५. स्तन क्यान्सर बंशानुगत कारणले पनि हुने गर्दछ । तर परिवारमा कसैलाई स्तन क्यान्सर नभए पनि अन्य सदस्यहरुलाई समेत क्यान्सर हुने सम्भावना हुन्छ ।

६. पहिलो स्टेजमा नै रोग पत्ता लागे स्तन क्यान्सरको उपचार सम्भव छ । तर दोस्रो वा तेस्रो स्टेजमा पुगेपछि यसको उपचारमा समस्या हुनसक्छ ।

७. स्तन क्यान्सर एकबाट अर्कोमा सर्छ भन्ने भ्रम हो । क्यान्सर भएको महिलाको नजिक जाँदैमा स्तन क्यान्सर सर्दैन ।
८. स्तन क्यान्सरको समस्या महिलामा मात्र नभई पुरुषहरुमा पनि हुने गर्दछ ।

९. महिनावारी बन्द भएका महिलामा स्तन क्यान्सर हुँदैन भन्ने भ्रम हो । महिनावारी बन्द भएपछि शरीरमा फ्याटको मात्रा बढ्छ र क्यान्सर लाग्ने संभावना हुन्छ ।

१०. सर्जरीद्वारा क्यान्सर प्रभावित अंग हटाउँदा स्तन क्यान्सरको उपचार हुन्छ । तर स्तनमा गिर्खा र गाँठागुठी धेरै छन् भने स्तन फाल्नु पर्ने हुनसक्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : १७ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५