भारतमा नेपाली चेली बेचेको अभियोगमा तामाङ पक्राउ « Khabarhub

भारतमा नेपाली चेली बेचेको अभियोगमा तामाङ पक्राउ


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा लगेर नेपाली चेली बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भारतको मुम्बइमा युवती बेचेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का ५२ वर्षीय टाउटाउ तामाङलाई पक्राउ गरेको हो।

तामाङलाई ब्यूरोको टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरेको हो।

तामाङले न्यून आर्थिक अवस्था र अशिक्षित २० वर्षीया युवतीलाई राम्रो तलव र सुविधा हुने भन्दै झुक्याएर बेचेका थिए।

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : १७ बजे

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई