भारतमा नेपाली चेली बेचेको अभियोगमा तामाङ पक्राउ « Khabarhub

भारतमा नेपाली चेली बेचेको अभियोगमा तामाङ पक्राउ


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा लगेर नेपाली चेली बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भारतको मुम्बइमा युवती बेचेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का ५२ वर्षीय टाउटाउ तामाङलाई पक्राउ गरेको हो।

तामाङलाई ब्यूरोको टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरेको हो।

तामाङले न्यून आर्थिक अवस्था र अशिक्षित २० वर्षीया युवतीलाई राम्रो तलव र सुविधा हुने भन्दै झुक्याएर बेचेका थिए।

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : १७ बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया