नेपालमा पछिल्लो २४ घण्टामा थपिए २०७१ कोरोना संक्रमित « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २०७१ कोरोना संक्रमित


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ थियो ।

पछिल्लो २४ घण्टामा थप १,५५२  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २५२ रहेको थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : २८ बजे

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ