२४ घण्टामा १,५५२ ले ‘जिते’ कोरोना « Khabarhub

२४ घण्टामा १,५५२ ले ‘जिते’ कोरोना


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १,५५२  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २५२ रहेको थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : २५ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ