पर्सामा १० प्रतिशत धानबालीमा कीराको प्रकोप « Khabarhub

पर्सामा १० प्रतिशत धानबालीमा कीराको प्रकोप


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ ।

जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा गबारो, फड्के र घोक्रे कीराको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादन घट्ने किसान विजय पण्डितले बताए ।

बारा जिल्ला, गडहल गाउँमा २२ कठ्ठा जग्गामा धान खेती गर्दै आएका किसान पण्डितले कीराको प्रकोपका कारण धान सुकेर पहेँलो देखिएकाले यस वर्ष धान उत्पादनमा कमी आउने चिन्ताले सताएको बताए ।

पर्सा जिल्लाका किसानले भारतीय तथा सिफारिस गरिएको धान लगाएका कारण कीराको बढी प्रकोप भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले बताए । रोगका कारण धान फले पनि दाना नलागेको, पात पहेँलो देखिएको जस्ता लक्षणको कारण यस पालि यस्तो समस्या आएको र रोग नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

रोग र कीराको प्रकोपका कारण धानको बालामा दाना नलाग्ने, बोट कुहिने र पात पहेँलो भएर सुक्ने समस्या देखिएको छ । पर्सा जिल्लामा यस वर्ष किसानले ४६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरेका छन् ।

यसैबीच धानखेतीलाई अत्यावश्यक युरिया मलको तीन महिनादेखि अभाव देखिएपनि कात्तिक मसान्तभित्र आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । सरकारी स्वामित्वमा रहेको सो कम्पनीले बङ्गलादेशबाट सापटीमा नेपाल सरकारले ल्याउन लागेको ५० हजार मेट्रिक टन युरिया ढुवानीका लागि बोलपत्र स्वीकृति भइसकेकाले कात्तिकभित्र आइपुग्ने प्रादेशिक कार्यालय प्रबन्धक गोरखनाथ केसीले बताए ।

उनले बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार आउने छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि युरिया मलको अभावको कारण धान खेतीमा रोग कीरा लाग्न थालेको किसानको भनाइ छ । सो कार्यालयले धान खेतीलाई लक्ष्य गरी जिल्लामा असारसम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकाले सोको अभाव हुन गएको हो । सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, वाग्मती र गण्डकीका १६ कार्यालयमा पठाउँदै आएको छ ।

यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६ । ०७७ मा युरिया छ हजार टन, डिएपी छ हजार टन र पोटास ७०० टन बिक्री गरेको छ ।

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ्ग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरियाको अभाव देखिएको हो । मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र आह्वान गरिसकेको छ ।

समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने धानखेती मात्र नभएर मकै, मसुरोलगायत बर्खेबाली खेती प्रभावित हुने गरेको किसानको भनाइ छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : ४४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा